अझै पनि एमसीसीको किचलोमा माओवादी केन्द्र, स्थानीय चुनावपछि बहस चलाउने

नेपालभ्युज

अझै पनि एमसीसीको किचलोमा माओवादी केन्द्र, स्थानीय चुनावपछि बहस चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदबाट पारित अमेरिकी सहयोग सम्झौतालाई पार्टीको तल्लो तहसम्म बहस लैजाने भएको छ।

हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीभित्र एमसीसीबारे देखिएको गम्भीर देखिएको भन्दै यस्तो निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए।

पार्टीमा तलैसम्म पार्टीमा तलैसम्म व्यापक बहस चलाएर यसलाई टुंगोमा पुर्‍याउन हिजोको बैठकले निर्णय गरेको उनले आज साँझ ट्विटमार्फत जानकारी दिएका हुन्। त्यसका लागि आउँदो २० जेठदेखि बहस (फोरम) सञ्चालन गरी करीब १ महीनामा निष्कर्षमा पुगिने माओवादीले जनाएको छ।

सत्तारुढ माओवादी केन्द्रभित्र एमसीसीको विषय पेचिलो बन्दै गइरहेको छ। श्रेष्ठलगायत केही नेताहरूले पार्टीले एमसीसी जस्ताको त्यस्तै पास गराएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचनात्मक टिप्पणी गरिरहेका छन्।

एमसीसीलाई राष्ट्रघाती संज्ञा दिँदै कार्यकर्तालाई आन्दोलनमा उतार्ने अध्यक्ष प्रचण्ड स्वयंले समर्थन गर्ने निर्णय गरी प्रतिनिधिसभाबाट पारित गरेपछि माओवादी केन्द्रभित्र विवाद चुलिएको हो।

एमसीसी पास भएपछि श्रेष्ठले केन्द्रीय समितिको बैठक फरक मत नै पेश गरेका थिए। अध्यक्ष प्रचण्डले त्यसलाई विषयान्तर गर्न पदाधिकारी चयनको विषय अघि सारेका थिए तर त्यसमा पनि सहमति जुट्न सकेको थिए। जसका कारण पदाधिकारी चयन आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनपछि सारिएको छ।

संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास भएपछि श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहालको विरोध गरेका थिए। उनले पार्टीको केन्द्रीय समिति बैठकमा लिखित मन्तव्य वाचन गर्दै अध्यक्ष प्रचण्डमा वैचारिक समस्या देखिएको आरोपसमेत लगाएका थिए।

यो पनि पढ्नुहोस्

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved