सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

नेपालभ्युज

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन्।

संस्थापन पक्षबाट यादव दोस्रोपटक सभापतिमा निर्वाचित घोषित भएका हुन्। उनले १४ सय २६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले जनाए। लामाका अनुसार प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत लामाले सोमबार राति साढे ९ बजे भएको मतदानमा कुल करिब २७ सय मतदातामध्ये २४ सय ७३ मत खसेको बताए। यता सुरक्षाकर्मी र निर्वाचन अधिकृतको मिलोमतोमा धाँधली गरेको आरोप लगाउँदै चौधरी पक्षले मतदान र मतगणना बहिष्कार गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved