नोबेल मेडिकलका विद्यार्थीहरूका लागि पुन कक्षा संचालन गर्न निर्देशन

नेपालभ्युज

नोबेल मेडिकलका विद्यार्थीहरूका लागि पुन कक्षा संचालन गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले नोबेल मेडिकल कलेजका तीन महिना पढाइ छुटेका विद्याथीहरूका लागि पुन कक्षा संचालन गर्न कलेजलाई निर्देशन दिएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिले सोमबार एक हप्ताभित्र कक्षामा सहभागी हुने वातावरण बनाउन निर्देशन दिएको हो।

समिति सभापति जयपुरी घर्तीले अतिरिक्त कक्षा संचालन गरेर भएपनि पढाइ पूरा गराउनुपर्ने निर्देशन दिएकी छन्। ”तीन महिना छुटेको कक्षा पूरा गर्नुपर्छ,” उनले भनिन् ,”अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि पढाइ पुरा गराउनुपर्छ, विद्यार्थीहरु पढ्न नसक्ने वातावरण सृजना भएको छ, होस्टेल अनिवार्य बनाइदिएको छ, यो कारणले गर्दा उनीहरुलाई तनाव भएको छ।”

आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीले विद्यार्थीलाई आवश्यक परे स्थानान्तरण गर्न सकिने बताए। बैठकमा समिति सभापति जयपुरी घर्तिले मेडिकल कलेजहरुले कानूनले तोकेको भन्दा बढी नै शुल्क लिने गरेता पनि नियन्त्रण गर्न कठिनाई भएको बताइन्।

”एमबीबीएस शुल्कमा केही नियन्त्रण त भएको छ । तर सबै भएको छैन,” उनले भनिन्, ”कानुनले तोकेकोभन्दा बढी नपाउने गराउनु पर्दछ।”
उनले तत्काल आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीहरूलाई पढ्न वातावरण बनाउनु पर्नेमा जोड दिइन्।

कलेजमा अध्ययरत १० जना विद्यार्थीले समितिमा कलेजले आफूहरुसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि विगत तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका थिए। आयोगले उपत्यका बाहिर एमविविएस अध्ययनका लागि ४४ लाख ३६ हजार रुपैयाँ तोकेको छ।

स्थानान्तरणको माग राख्दै नोबेल मेडिकल कलेजका १० जना विद्यार्थी आन्दोलनमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved