७ मिनेट ५२ सेकेण्ड बसेर सकियो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको अर्को बैठक २९ फागुन आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

नेपालभ्युज

७ मिनेट ५२ सेकेण्ड बसेर सकियो प्रतिनिधिसभा बैठक

काठमाडौं। आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेपछि बैठक सात मिनेट ५२ सेकेण्ड बसेर स्थगित भएको हो।

आइतबारको  प्रतिनिधिसभा बैठकमा पनि एमालेले नाराबाजीसहित अवरोध कायमै राखेको हो। अवरोधकैबीच संसद्ले बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बन गरेको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।

एमालेले आफूले कारबाही गरेका १४ जना सांसदहरूलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै गत २३ भदौदेखि  निरन्तर संसद् अवरोध गर्दै आएको छ।

प्रतिनिधिसभाको अर्को बैठक २९ फागुन आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved