माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि

पदाधिकारी चयन गर्न र संसदबाट पारित एमसीसीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ।

नेपालभ्युज

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि
फाइल तस्वीर

काठमाडौं। पदाधिकारी चयन गर्न र संसदबाट पारित एमसीसीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ। बिहान ११ बजे राष्ट्रिय सभामा शुरु हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ। त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन। यस पटकको बैठकबाट यी सबै विषय टुङ्गिने जनाएको छ।
यस्तै संशोधनबिना एमसीसी पास गर्न नहुने आठौँ महाधिवेशनको ‘म्यान्डेडवितपरित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएपछि विवाद भएपछि बैठकमा छलफल हुन लागेको हो। आठौँ महाधिवेशनपछि पहिलो पटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले अध्यक्षमा ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो।
त्यसपछि बैठक पटकपटक स्थगित भएको थियो। चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो। पहिलो बैठककै निरन्तरताका रुपमा आज शुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘सङ्गठन र भावी कार्य योजना तय गर्ने’ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved