विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो, एकै दिन ६ हजारको मृत्यु

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६० लाख ६७ पुगेको छ।

नेपालभ्युज

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो, एकै दिन ६ हजारको मृत्यु

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघेको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६० लाख ६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना पुष्टि हुनेको संख्या ४४ करोड १७ हजारभन्दा धेरै भएको छ।
जसमध्ये ३७ करोड ४५ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ४७ हजार संक्रमण मुक्त भएका हुन्। अझै पनि ६ करोड १२ लाख सक्रिय संक्रमित रहेकामा ७३ हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ८ लामा संक्रमण पुष्टि हुँदा ५ करोड ४० लाख निको भएका छन्। ९ लाख ८१ हजारको भने मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved