बागमती प्रदेश सभा बैठक फागुन २९ गते

नेपालभ्युज

बागमती प्रदेश सभा बैठक फागुन २९ गते
फाइल तस्वीर

हेटौंडा । बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै प्रदेश सभा सचिवालयले फागुन २९ गते आइतबार दिउँसो एक बजे बस्ने जानकारी गराएको छ।

१६ फागुनका लागि तय भएको बैठक अनिश्चितकालको लागि स्थगित भएको थियो।

प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने भएपछि प्रदेश सरकारले बैठक स्थगित भएको थियो। फागुन ४ गते सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक बोलाएर प्रदेश सभा बैठक बोलाउन पहल गरेका थिए।

८ पुसयता बागमती प्रदेश सभाको बैठक बस्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved