शिवरात्रिमा भाङ खाएका एक युवकको मृत्यु

शिवरात्रिमा मंगलबार दिउँसो अरबारे भन्ने स्थानमा घुम्न गएका बेला भाङ खाएर घर फर्किएपछि उनी बेहोस भएका थिए।

नेपालभ्युज

सुर्खेत। शिवरात्रीका दिन भाङ खाएका एक युवकको मृत्यु भएको छ। सल्यान दार्मा गाउँपालिकाका १७ वर्षीय हिमाल विक्रम चन्दको मृत्यु भएको हो।

शिवरात्रिमा मंगलबार दिउँसो अरबारे भन्ने स्थानमा घुम्न गएका बेला भाङ खाएर घर फर्किएपछि उनी बेहोस भएका थिए।

दार्मा गाउँपालिका ३ फारुलाको दोभान पोलिक्लिनिक प्रालिमा उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यान प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार चन्दको मृत्यु घटनाको अनुसन्धान भइरहेको छ। अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पुर्‍याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved