स्थानीय तहको निर्वाचनमा लोसपा र एमालेले गठबन्धन गर्ने

नेपालभ्युज

स्थानीय तहको निर्वाचनमा लोसपा र एमालेले गठबन्धन गर्ने

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) सँग गठबन्धन गरी चुनाव लड्ने बताएका छन्।

आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने बताए।

एमालेसँग आफुहरूको त्यस्तो कुनै असन्तुष्टि नरहेको भन्दै अध्यक्ष ठाकुरले आउँदो स्थानीय तहको निर्वाचनका लागि छलफल हुने बताए। उनले भने, “सबै ठाउँमा नभए पनि स्थानीयस्तरमा गठबन्धन गर्न सकिन्छ। अहिले भने हाम्रो कसैसँग कुनै पनि गठबन्धन भएको छैन।”

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतका दलले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोसपा नेपालले भने ओलीलाई समर्थन गर्दै करिब तीन साताका लागि सरकारमा सहभागी भएको थियो। त्यसैबेलादेखि लोसपाको एमालेसँगको सम्बन्ध राम्रो रहेको बताइएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा तथा प्रतिनिधिसभासम्म तालमेल हुन सक्ने ठाकुरको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved