उत्तर कोरियाले भन्यो- युक्रेन संकटको कारक अमेरिका

उत्तर कोरियाको विदेश मन्त्रालयको वेबसाइटमा अमेरिकाले युक्रेनलाई उक्साए पनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ।

नेपालभ्युज

उत्तर कोरियाले भन्यो- युक्रेन संकटको कारक अमेरिका

एजेन्सी। उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ।

रूसले युक्रेनमा आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रूस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।

अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रूससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ।

अमेरिकासँग निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रूसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ।

उत्तर कोरियाको विदेश मन्त्रालयको वेबसाइटमा अमेरिकाले युक्रेनलाई उक्साए पनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ।

शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आरोप पनि उत्तर कोरियाले लगाएको छ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभूत्व कायम राख्नका लागि पनि अमेरिकाले अन्य देशहरुको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको उत्तर कोरियाको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved