युक्रेन र रुस तनाव: एशियाली शेयर बजारमा भारी गिरावट

पूर्वी युक्रेनमा बढ्दो तनावका कारण तेलको भाउ बढ्ने र आपूर्ति श्रृंखलामा पनि नराम्रो असर पर्ने सम्भावना देखिएको छ। कोरोना विश्व महामारी प्रकोपबाट विस्तारै तंग्रिदै गएको अर्थतन्त्रमा रुसको घोषणासँगै नयाँ संकट खडा भएको छ।

नेपालभ्युज

युक्रेन र रुस तनाव: एशियाली शेयर बजारमा भारी गिरावट

एजेन्सी। युक्रेन र रुसबीच बढ्दो तनावका कारण बीच एशियाली शेयर बजारमा भारी गिरावट आएको छ। यसले मन्दीबाट उकालो लागेको अर्थतन्त्रमा फेरि एकपटक धक्का लाग्ने अनुमानहरू गरिएको छ।

रुसले सोमबार मात्रै पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ, जसले युक्रेन तनावलाई अझै बढाएको छ। रुसी समर्थित विद्रोहीको पकड क्षेत्रका रूपमा रहेका स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमर पुटिनले स्वतन्त्र राज्यको घोषणा गरेसँगै रुस र युक्रेनबीच चलिरहेको विवाद अझै खराब बनेको छ।

उक्त घोषणापछि जापानको निक्की २२५ प्रतिशतले घटेको छ। अर्कोतर्फ दक्षिण कोरियाको कोस्पी पनि बजार खुलेसँगै १.४ प्रतिशतले घटेको छ।

पूर्वी युक्रेनमा बढ्दो तनावका कारण तेलको भाउ बढ्ने र आपूर्ति श्रृंखलामा पनि नराम्रो असर पर्ने सम्भावना देखिएको छ। कोरोना विश्व महामारी प्रकोपबाट विस्तारै तंग्रिदै गएको अर्थतन्त्रमा रुसको घोषणासँगै नयाँ संकट खडा भएको छ, लगानीकर्ताहरू त्रसित भएको बताइएको छ। S&P ५०० मा १.५ प्रतिशतले घटेको छ भने डाउ जोस १.३ र नैसडेक १०० ई-मिनी फ्यूचर्समा २.२ प्रतिशतले गिरावट आएको छ।

यस्तै जर्मनीको ड्याक्स इन्डेक्स र फ्रान्सको सीएके ४० दुई प्रतिशतले घटेर बन्द भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved