ए डिभिजन लिग: पुलिस र एपीएफ तथा आर्मी र सङ्कटा भिड्दै

नेपालभ्युज

ए डिभिजन लिग: पुलिस र एपीएफ तथा आर्मी र सङ्कटा भिड्दै
काठमाडौं। शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२ औँ चरणका खेल समाप्त हुँदैछन्। अन्तिम दिन दशरथ रङ्गशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन्।
जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरूको योजना तालिकामा  राम्रो स्थान बनाउनु हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने खेलमा  नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन्। पुलिस ११ खेलमा ११ अङ्क जोडेर ११ औँ स्थानमा छ। एपीएफ ११ खेलमा १४ अङ्क जोडेर आठौँ स्थानमा छ।
अपराह्न पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल  क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने सङ्कटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ। आर्मी ११ खेलमा १९ अङ्क जोडेर चौथो स्थानमा  छ । सङ्कटा ११ खेलमा १५ अङ्क जोडेर सातौँ स्थानमा  छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved