दाङको लमहीमा शंकास्पद बस्तु फेला, बम हुन सक्ने आशंका

दाङको लमहीमा ‘प्रेसर कुकर बम’ जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ।

नेपालभ्युज

दाङको लमहीमा शंकास्पद बस्तु फेला, बम हुन सक्ने आशंका
सांकेतिक तस्वीर

दाङ। दाङको लमहीमा ‘प्रेसर कुकर बम’ जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ। लमही–कोहलपुर सडकखण्ड अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ को पद्मिनी खोला नजिक सडक छेउमा प्रेसर कुकरमा तार बेरिएको अवस्थमा शंकास्पद बस्तु भेटिएको हो। शनिबार राति सवारीचालकले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल गएर निष्कृय पार्ने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए। प्रेसर कुकरमा ‘नो एमसिसी’ लेखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved