एमसीसी पारित गर्ने,नगर्ने नेपालको आन्तरिक विषय : अमेरिका

नेपालभ्युज

एमसीसी पारित गर्ने,नगर्ने नेपालको आन्तरिक विषय : अमेरिका

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपालको संसदले पारित गर्ने- नगर्ने नेपालको आन्तरिक विषय भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले एमसीसीका विषयमा निर्णय लिने अधिकार नेपालसँग भएको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ” नेपाली नेताहरुले एमसीसी पारित गर्छन् वा गर्दैनन् त्यो नेपालको निर्णय हो। एउटा सार्वभौम देशका रुपमा यो निर्णय गर्न पाउने अधिकार नेपालसँग रहेको छ।” दूतावासले जारी गरेको विज्ञप्तिमा एमसीसी अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार भएको समेत उल्लेख छ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वान वेनविनले अमेरिकाले नेपालमा दबाबपूर्ण कूटनीति सञ्चालन गरेको आरोप लगाएका थिए। एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिएको आशयको अभिव्यक्ति उनले दिएका थिए।

२७ माघमा अमेरिकाको दक्षिणपूर्वी एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली नेताहरुलाई टेलिफोनमार्फत एमसीसी पारित गर्न धम्की दिएको उल्लेख गर्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले वेनविननले यस्तो कार्यको प्रतिरोध गर्ने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved