पछिल्ला पाँच वर्षयता बाटो बिराएँ : कमल थापा (भिडिओ)

नेपालभ्युज

पछिल्ला पाँच वर्षयता बाटो बिराएँ : कमल थापा (भिडिओ)
फाइल तस्वीर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन्। राप्रपाबाट अलग्गिएपछि आज (शनिबार) राप्रपा नेपालको घोषणा गर्दै उनले पछिल्ला पाँच वर्षमा धेरै बाटो बिराएको बताए।

साथै उनले आफूले राप्रपाबाट धेरै नेता तथा कार्यकर्ता ल्याउन सक्ने भए पनि त्यसो नगरेको जिकिर गरे। आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको उनको दाबी छ।

राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा क्रममा उनले भने, ” ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ। यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ। गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो। त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिनँ मलाई सम्झना छ। मलाई आज योभन्दा खुशी लाग्छ कि मैले राप्रपा फुटाइँन।”

पार्टीको नेतृत्वको नाताले आफूले ठीक ढंगले अघि बढ्न नसक्दा, गलत प्रवृत्तिसँग सम्झौता गर्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको पनि बताए। साथै यो आफ्नै जिम्मेवारी भएको पनि स्मरण गराए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved