चीन भन्छ, ‘नेपालमा अमेरिकाको दबाबकारी कूटनीतिको प्रतिरोध गर्छौं’

आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वेनविनले २८ फेब्रुअरी (१६ फागुन)सम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’पारित गर्ने समयसीमा तोकेर ‘दबाबकारी कूटनीति’ सञ्चालन गरेको उल्लेख गरे।

नेपालभ्युज

चीन भन्छ, ‘नेपालमा अमेरिकाको दबाबकारी कूटनीतिको प्रतिरोध गर्छौं’

बेइजिङ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपालमा संयुक्त राज्य अमेरिकाले ‘दबाबकारी कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्।

आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वेनविनले २८ फेब्रुअरी (१६ फागुन)सम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’पारित गर्ने समयसीमा तोकेर ‘दबाबकारी कूटनीति’ सञ्चालन गरेको उल्लेख गरे।

“नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्दछ”, उनले भने, “तर यो कुनै राजनीतिक शर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ।”

“एक छिमेकी मित्र र नेपालको विकास साझेदारका रूपमा चीन नेपाली जनतालाई आफ्नो विकास यात्रा छनौट गर्न साथ दिइरहनेछ र नेपाललाई आफ्नो राष्ट्रिय स्वार्थ अनुरूप जनताको चाहना झल्किने गरी स्वनिर्णय गर्न साथ दिनेछ”, नेपालको विकासका लागि चीनले गरिरहेको सहयोग जारी राख्ने उल्लेख गर्दै वाङले भने।

नेपाली मिडियाका अनुसार अमेरिकाका दक्षिणपूर्वी एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै नेपाली नेताहरूसँगको टेलिफोन कुराकानी गरेका थिए। उक्त कुराकानीमा लूले उनीहरूलाई २८ फेब्रुअरीभित्र एमसीसी परियोजना संसद्‌बाट अनुमोदन गर्न आग्रह गरे। त्यसो नभए “नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने” पनि जनाए।

नेपाली मिडियाहरूले जनाए अनुसार अमेरिकाले “एमसीसी पारित नहुनु पछाडि चिनियाँ स्वार्थ रहेको बुझ्ने” चेतावनी समेत दिएका थिए।

एमसीसी परियोजना अन्तर्गतको अमेरिकी सहयोग लिनेबारे नेपाली राजनीतिक दलहरू विभाजित भएका छन्। काठमाडौं लगायत नेपालका अन्य शहरहरूमा एमसीसीको विरोधमा पटकपटक प्रदर्शन भएका छन्। यसका आलोचकहरू एमसीसीले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र संवैधानिक सर्वोच्चतालाई कमजोर बनाउने विश्लेषण गर्छन्।

विज्ञहरू भन्छन्, नेपालमा एमसीसीको विरोध गर्ने आलोचकहरूले यो अमेरिकाको ‘हिन्द-प्रशान्त रणनीति’को अंग भएको बुझेका छन्। वाशिंगटनको हिन्द-प्रशान्त रणनीति चीन लक्षित भएकाले उनीहरू यसमा नेपाल सहभागी नहोस् भन्ने चाहन्छन्।

विज्ञहरूका अनुसार नेपालको संसद्ले एमसीसी पारित नगर्नुको कारण चीनको गलत सूचना अभियान नभई नेपालको आफ्नै घरेलु चासो हो।

चीनप्रति अमेरिकी आलोचना आधारहीन छ। चीन र नेपालबीच विभाजन सिर्जना गरेर अमेरिका नेपालमा आफ्नो भूराजनीतिक उद्धेश्य पूरा गर्न निर्मग्न छ। तर चीन र नेपालको लामो मैत्रीपूर्ण सम्बन्ध यति सजिलै प्रभावित हुँदैन जसलाई अमेरिका देखिसहन्न।

ग्लोबल टाइम्सबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved