च्याम्पियन्स लिग : इन्टरमिलानमाथि लिभरपुलको अवे जित

इन्टरको मैदान सान सिरोमा भएको खेलमा पाहुना टोली लिभरपुलका लागि खेलको ७५ औँ मिनेटमा फिरमिनोले गोल गरे।

नेपालभ्युज

च्याम्पियन्स लिग : इन्टरमिलानमाथि लिभरपुलको अवे जित

काठमाडौं। यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले इन्टरमिलानमाथि अवे जित निकालेको छ।

गएराति इन्टरको घरेलु मैदानमा भएको खेलमा २-० गोलअन्तरको जित निकाल्दै लिभरपुलले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

इन्टरको मैदान सान सिरोमा भएको खेलमा पाहुना टोली लिभरपुलका लागि खेलको ७५ औँ मिनेटमा फिरमिनोले गोल गरे।

त्यसलगत्तै, खेलको ८३ औँ मिनेटमा स्टार खेलाडी मोहम्मद सलाहले गोल गरेपछि पाहुना टोलीले इन्टरमाथि २-० गोलअन्तरको जित निकाल्यो।

लिभरपुर र इन्टरबीचको दोस्रो खेल ८ मार्चमा लिभरपुलको मैदानमा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved