दुई खेलअघि नै ए डिभिजन लिगको उपाधि मच्छिन्द्रलाई

नेपालभ्युज

दुई खेलअघि नै ए डिभिजन लिगको उपाधि मच्छिन्द्रलाई

काठमाडौं । अन्तिम दुई खेल खेल्न बाँकी छँदै साबिक विजेता मच्छिन्द्रले शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि पक्का गरेको छ। सातदोबाटो क्लबलाई १-० ले हराएर मच्छिन्द्रले उपाधि पक्का गरेको हो।

मच्छिन्द्रबाट ५३ औं मिनेटमा मिनेटमा विदेशी खेलाडी नुर्लानले निर्णाायक गोल गरे। यस जीतसँगै मच्छिद्रले ११ खेलबाट २९ अंक बटुल्यो । जारी लिगमा मच्छिद्र अहिलेसम्म अपराजित छ।

दोस्रो स्थानमा रहेको मनाङको १० खेलबाट २० अंक छ। अब बाँकी सबै खेल मनाङले जितेर मच्छिद्र बाँकी सबै खेलमा पराजित भएपनि दुई टिमबीच अंक बराबर हुनसक्नेछ । त्यस्तो अवस्थामा पनि हेड टु हेडका आधारमा मच्छिन्द्र नै अघि हुनेछ।

मच्छिन्द्रले मनाङलाई १-० ले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved