‘सरकार छाड्न सक्ने’ निर्णय गरेर बालुवाटार पुगे प्रचण्ड

संशोधनबिना एमसीसी संसद्मा टेबुल गरिए सरकार छाड्ने माअ‍ोवादीले जनाएको छ।

नेपालभ्युज

‘सरकार छाड्न सक्ने’ निर्णय गरेर बालुवाटार पुगे प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको बैठक सकेर बालुवाटार गएका छन्।

पार्टीको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेर प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका हुन्।

त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबुल गर्न नहुने निर्णय गरेको छ।

संशोधनबिना एमसीसी संसद्मा टेबुल गरिए सरकार छाड्ने माअ‍ोवादीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved