माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने कार्यक्रम छ।

नेपालभ्युज

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने कार्यक्रम छ।

बैठकमा आज बस्ने संसद बैठकमा आफ्ना सांसदले खेल्ने भूमिकाबारे छलफल हुने गुरुङले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउने छन्। यसैबीच प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्ताव समावेश छैन। तर सत्तारूढ नेपाली कांग्रेसले आजको बैठकमा एमसिसी टेबुल तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved