रियल मड्रिडविरुद्ध आज राति भिड्दै पीएसजी, गोलको खोजीमा मेस्सी

नेपालभ्युज

रियल मड्रिडविरुद्ध आज राति भिड्दै पीएसजी, गोलको खोजीमा मेस्सी

काठमाडौं । च्याम्पियन्स लिगमा आज राति फ्रान्सेली क्लब पीएसजी र स्पेनिस क्लब रियल मड्रिड आमनेसाने हुँदैछन्। जारी लिगको राउण्ड अफ १६ मा पीएसजी घरेलु मैदानमा मड्रिडसँग भिड्न लागेको हो। खेल नेपाली समयअनुसार राति पौने दुई बजे हुनेछ।

पीएसजी लिग चरणमा समूह ‘ए’ को उपविजेता भएर यहाँसम्म आइपुगेको हो भने मड्रिड समूह ‘डी’ को विजेता हो।

आजको खेल पीएसजीका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीका लागि निकै महत्वपूर्ण हुनेछ। सन् २०१९ देखि मड्रिडविरुद्ध मेस्सी जितविहीन छन्। त्यसैले आज राति घरेलु मैदानमा रियलविरुद्धको खेलमा उनी भरमग्दुर जितको खोजीमा हुनेछन्।

सन् २०१९ को मार्च २ देखि मड्रिडविरुद्ध मेस्सीले बार्सिलोनामा रहँदा तीन खेल गुमाएका थिए। मड्रिडविरुद्ध उनको अन्तिम गोल सन् २०१८ मा मात्र थियो। त्यसैले आज राति उनी जितसँगै गोलको खोजीमा हुनेछन्।

रियल मड्रिडविरुद्ध ४५ खेल खेलेका मेस्सीले १९ जित र ११ बराबरीका अनि १५ हार बेहोरेका छन्।

रियल म्याड्रिडविरुद्ध मेस्सीले २६ गोल गरेका छन्। जुन सेभिल्ला (३८), एट्लेटिको मड्रिड (३२), भ्यालेन्सिया (३१) र एथलेटिक क्लब (२९) भन्दा केहीले थोरै मात्र हो।

पछिल्ला ६ खेलमा पीसएजीविरुद्ध मड्रिड हाबी छ। मड्रिडले ३ खेल जित्दा पीएसजीले मात्र १ मा बाजी मारेको छ भने दुई खेल बराबरीमा सकिएका थिए।

आजै राति गत वर्षको उपविजेता म्यानचेस्टर सिटीले स्पोर्टिङसँग प्रतिस्पर्धा गर्दै छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved