मोरङमा प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने

नेपालभ्युज

मोरङमा प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने

मोरङ । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको संयोजकत्वमा गठित समितिले यही फागुन ६, ७ र ८ गते जिल्लाका विभिन्न स्थानमा दीपावली, रक्तदान, सरसफाइ, फलफूल वितरण, अन्तरसंवाद र राष्ट्रिय झण्डा फहराएर मनाउने निर्णय गरेको छ।

समितिले फागुन ६ गते विराटनगरलगायत अन्य ठाउँमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। तीन दिनसम्म सबै सरकारी कार्यालय, सङ्घ, संस्थालगायत महानगरका विभिन्न सार्वजनिकस्थलमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको छ। फागुन ७ गते विराटनगरस्थित वृद्धाश्रम, अनाथालय र मानव सेवा आश्रममा फलफूल वितरण र साँझ दीपावली तथा फागुन ८ गते अस्पतालमा रक्तदान गर्ने निर्णय गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved