कांग्रेस जसरी पनि एमसीसी भोलि टेबुल गर्ने तयारीमा, टार्न खोज्दै माओवादी र समाजवादी

कांग्रेस जसरी पनि एमसीसी भोलि टेबुल गर्ने तयारीमा, टार्न खोज्दै माओवादी र समाजवादी

काठमाडौं। प्रतिनिधिसभाको बुधबार १ बजेका लागि डाकिएको बैठकमा एमसीसी ‘टेबल गर्ने कि नगर्ने’ भन्नेमा विषयमा सत्ता–गठबन्धन आरपारको अवस्थामा पुगेको छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि बुधबार एमसीसी ‘टेबल’ गर्नुपर्ने पक्षमा छन् भने सत्ता–गठबन्धनकै दुुई घटकहरू माओवादीकेन्द्र र नेकपा (एकीकृत समाजवादी) कांग्रेससँग सहमत छैन।

सरकारमै रहेको अर्काे घटक जनता समाजवादी पार्टी ‘पर्ख र हेर’ को अवस्थामा छ। यस सम्बन्धमा औपचारिक धारणा आइसकेको छैन। सत्ता–गठबन्धनमा रहेको प्रतिनिधिसभामा एक सिट मात्र भएको राष्ट्रिय जनमोर्चा भने एमसीसीविरुद्ध सडकमै उत्रिरहेको छ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले बुधबारको प्रतिनिधिसभामा जसरी पनि एमसीसी टेबल गर्ने निष्कर्ष निकालेका छन्। बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले एमसीसी टेबुल गर्नुपर्ने निष्कर्ष संसदीय दलको बैठकको रहेको बताए।

“यो हामीले ल्याएको होइन”, थापाले भने, “एमाले अध्यक्ष केपी ओली नेतृत्वकै सरकार रहेको बेला मन्त्रीपरिषदले निर्णय गरेर संसद संचिवालयमा आएको चिज हो, अब यसलाई नअल्झाऊँ, सरकारमा रहेको बेला एउटा कुुरा अनि सरकारबाहिर आउँदा अर्को कुरा कांग्रेसको चरित्र हैन।”

महामन्त्री थापाले तात्कालीन मन्त्रिपरिषद्लले यसबारे निर्णय गर्दा अहिलेका माओवादी केन्द्र र नेकपा (एस) का नेताहरू मन्त्री पदमा बहाल रहेको सम्झाए। उनले नेताहरूले दोहारो चरित्र देखाएर एमसीसीलाई विवादित बनाएको भन्दै यसलाई संसद्मा लगेर टुंग्याउने आफूहरूको लक्ष्य रहेको बताए।

कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसीसी टेबल गर्न आफूले सभामुखलाई भनिसकेको बताएका थिए। देउवाले एमसीसी संसद्मा टेबल गरेर पास गराउने गरी कांग्रेस अघि बढ्ने पनि बैठकमा जानकारी गराएका थिए।

कानुनमन्त्री दिलेन्द्र बडूका अनुसार प्रधानमन्त्री देउवाले मंगलबारको संसदीय दलको बैठकबाटै सभामुख अग्नि सापकोटालाई कार्यव्यवस्था समितिको बैठक गरेर एमसीसीसहित कार्यसूची बनाउन आग्रह गरेका थिए।

बडूले आफूले पनि सभामुखलाई एमसीसी बुधबार टेबल गर्ने गरी कार्यसूची बनाउन भनेको बताएका थिए।

कांग्रेस संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महत तथा वर्तमान परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसीबारे सासंदहरूलाई ब्रिफिङ गरेका थिए। नेता महतले एमसीसी पारित नभए अमेरिका नेपाल सम्बन्धमै असर पर्ने भएकाले यसलाई अनुमोदन गर्नुपर्ने बताएका थिए।

कांग्रेसको संसदीय दलको बैठकअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए।

कांग्रेस नेताहरू बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी एमसीसी टेबल गराउने भन्नेबारे मंगलबार आन्तरिक र द्विपक्षीयसहित छलफलहरूमा व्यस्त छन्। कांग्रेस नेताहरूले अनौपचारिक रूपमा गत आइतबार प्रधानन्यायाधीशमाथिको महाभियोग ल्याउँदा माओवादी र नेकपा एससँग एमसीसी टेबल गर्नेगरी सहमति बनेको दाबी गरेका छन्।

सभामुखले सोमबार बोलाएको सर्वदलीय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीको विपक्षमा अभिव्यक्ति दिएपछि कांग्रेस झस्किएको छ। कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठक अगाडि मंगलबार नै कार्यव्यस्था समितिको बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए।

सभामुखले बुधबार साढे ११ बजे कार्यव्यस्था समितिको बैठक पनि डाकेका छन्।

प्रधानमन्त्रीनिकट नेताहरूका अनुसार, संसद् बैठकको अन्तिम समयमा पनि सभामुखले कार्यसूचीमा राखेर सहमतिअनुुसार एमसीसी टेबल गर्नेछ। संसद् सचिवालयले भने शोकप्रस्ताव मात्र राखेर सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved