बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवस तीन दिन मनाउने

नेपालभ्युज

बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवस तीन दिन मनाउने

हेटौंडा। बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवस तीन दिन मनाउने भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा तीन दिन विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो। तीनै दिन दीपावली गर्ने निर्णयसमेत भएको छ।

फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। बैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समितिसमेत गठन गरेको छ। उक्त समितिमा प्रदेशका मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ। ६ गते सार्वजनिक स्थल सरसफाइ गरी तीन दिवसीय कार्यक्रम सुरु हुने छ।

प्रजातन्त्र दिवसको दिन ७ गते साइकल र्‍याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डोत्तलन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रजातन्त्र दिवसको अवसरमा परिसंवाद कार्यक्रम पनि तय गरिएको छ। यसको जिम्मेवारी भने नेपाल पत्रकार महासंघ बागमती प्रदेशलाई दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved