ए डिभिजन लिग: आजदेखि ११ औँ चरणका खेल

नेपालभ्युज

ए डिभिजन लिग: आजदेखि ११ औँ चरणका खेल

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगको एघारौँ चरणका खेलहरू मंगलबारदेखि शुरु हुँदै छ। ११ औँ चरणको पहिलो दिन आज जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब तथा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लब भिड्दै छन्। दुवै खेल दिउँसो १ बजे शुरु हुनेछ।

जावलाखेल र फ्रेन्ड्स ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भिड्नेछन् भने सोही समयमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बीबीसी र च्यासल खेल्नेछन्। ११ औँ चरणमा त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा बुधबार एन्फा मैदानमा खेल्नेछन्। सोही दिन मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लब तथा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबसँग खेल्नेछ। फागुन ५ गते न्युरोड टिम एनआरटीले संकटा क्लबसँग एन्फा मैदानमा खेल्दा एपीएफ फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

लिगको १० औँ चरण सकिँदासम्म शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब र आर्मी फुटबल क्लब मात्र अपराजित टोली छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved