सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै

नेपालभ्युज

सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल गर्न आज सोमबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले दलहरूबीच समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए।
उनले भने– ‘‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पु¥याउने र जारी संसद्को अवरोधबारे छलफल हुनेछ।’’

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ। यसअघि संसद् बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधिसभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ। अब बस्ने संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्ने गृहकार्य अगाडि बढाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved