महाभियोगबारे छलफल गर्न एमालेले डाक्यो सचिवालय बैठक

नेपालभ्युज

महाभियोगबारे छलफल गर्न एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे छलफल गर्न पार्टी सचिवालयको बैठक डाकेको छ।

आज साँझ ६ बजे बैठक बोलाइएको हो। बैठकमा भोलि बिहान ११ बजे बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्नुपर्ने विषयबारे छलफल हुने उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए।

सत्ता गठबन्धनमा रहेका दलहरूले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गराएका छन्। सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सांसदहरूले महाअभियोग दर्ता गरेका हुन्।

यसैबीच समामुख अग्नि सापकोटाले भोलि दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाए छन्। विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ। उनले सोमबारका लागि तय भएको संसद् बैठक स्थगित गरेर सर्वदलीय बैठक बोलाएका हुन्।

हिजो नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार ऋषि धमालासँगको अन्तर्वार्ताका क्रममा सभामुख सापकोटाले सभामुखले एकपटक सर्वदलीय बैठक राखेर आफ्ना धारणा राख्नुपर्ने बताएका थिए। 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved