एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुन्छः प्रवक्ता महत

नेपालभ्युज

एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुन्छः प्रवक्ता महत

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन्।

बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा प्रवक्ता महतले स्थानीय निर्वाचन र भ्रातृ संगठनहरूको समयसीमाबारे पनि छलफल भएको पनि बताए।

प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकोले भोलि पनि छलफल चल्ने उनले बताए। बैठकमा वक्ताहरूले एमसीसीलाई कसरी चाँडै निस्कर्षमा पुर्‍याएर टुंग्याउने कुरामा बिस्तृत छलफल भएको बताए।

“एमसीसी संसदबाट नै टुंग्याउन उपयुक्त हुन्छ, संसदमा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतकासाथ पारित हुन्छ। स्थानीय निकायको निर्वाचन वैशाख ३० गते जुन हुँदैछ, त्यो निर्वाचनमा नेपाली काँग्रेसले पार्टीलाई सशक्त ढंगबाट आफूलाई प्रश्तुत गर्ने, जनताको बीचमा अझ सशक्त ढंगले कसरी जोडिने ? र सफलता कसरी हाँसिल गर्ने ? दोस्रो भातृसंगठनहरूको समयसीमा सकिएको, कतिपय त्यहाँका नेताहरू केन्द्रिय समितिमा निर्वाचित भएको, त्यसपछि पद स्वतः रिक्त हुने भएकोले त्यसलाई ध्यानमा राखेर भातृ संगठनलाई कसरी सुदृढ गर्ने र बिस्तार गर्ने र समयसीमालाई पनि कसरी तोक्ने भन्ने विषय पनि आजको छलफल भयो,” महतले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved