कमल थापालाई धैर्य गरेर मात्र निर्णय लिनु भनेको, मान्नुभएन : पशुपतिशमशेर (भिडिओ)

नेपालभ्युज

कमल थापालाई धैर्य गरेर मात्र निर्णय लिनु भनेको, मान्नुभएन : पशुपतिशमशेर (भिडिओ)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन्।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्वअध्यक्ष समशेरले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए। पूर्वअध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको पनि उनले बताए।

पूर्वअध्यक्ष समशेरले भने, “यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो। तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ। त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ। अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो। तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ। उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ।”

पूर्वअध्यक्ष समेशरले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved