एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा

नेपालभ्युज

एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा

कोपा इटालियाको सेमिफाइनलमा एसी मिलान प्रवेश गरेको छ। आज बिहानको दोस्रो क्वाटरफाइनलमा लाजियोलाई ४–० गोल अन्तरले हराउँदै मिलान सेमिफाइनलमा पुगेको हो ।
घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा राफेल लियो र फ्रान्क केस्सीले एकएक गोल गरे। खेलको २४ औं मिनेटमा लियोको गोलमार्फत मिलानले अग्रता लिएको थियो।
जिरुडले ४१ औं मिनेट तथा पहिलो हाफको थप गरिएको समयमा गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए। ७९ औं मिनेटमा केस्सीले गोल गरेपछि मिलानले ४–० को फराकिलो जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved