स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हट्यो : गगन थापा

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय उपयुक्त भएको धारणा राखेका छन्।

सामाजिक सञ्जालमामा चुनाव संविधानको मर्मअनुरूप भएको स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको लेखेका छन्। साथै आम निर्वाचन टार्ने गरी भएका अनेकन् बहाना पनि अब सकिएका उनले लेखेका छन्।

संविधान र लोकतन्त्रको मर्मविपरीत हिँँड्ने छूट कसैलाई नभएको उनले जनाएका छन्।

सरकारले हिजो (सोमबार) स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्नेगरी मिति तोकेको थियो। निर्वाचन आयोगसँगको परामर्शमा उक्त मिति तोकिएको जनाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि हिजै स्थानीय तह निर्वाचनको मिति घोषणाको स्वागत गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved