ट्रक दुर्घटनामा चालकको मृत्यु

नेपालभ्युज

ट्रक दुर्घटनामा चालकको मृत्यु
सांकेतिक तस्वीर

संखुवासभा। जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

आज बिहान ७ बजे प्र २–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए।

उनका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्‍याएर फर्कँदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved