आजदेखि मौसममा सुधार हुने

नेपालभ्युज

आजदेखि मौसममा सुधार हुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित प्रभावित मौसममा आजदेखि सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैगरी भोलि सोमबार दिउँसो प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ भने देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। उक्त दिन देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved