एमालेले सर्लाही धनुषा र महोत्तरीमा अधिवेशनको मिति तोक्यो

नेपालभ्युज

एमालेले सर्लाही धनुषा र महोत्तरीमा अधिवेशनको मिति तोक्यो

जनकपुरधाम। नेकपा (एमाले) ले मधेश प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ। प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेको हो।

स्थानीय तहको निर्वाचनसमेत नजिकिँदै गरेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए। प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउँदै आएको छ भने अर्को पक्षले विरोध गर्दै आएको छ।

महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन्। एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि शपथसमेत खुवाएका छन् भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विरोध गर्दै आएका छन्।

कोभिडको कारण पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved