हावाहुरीले रूख ढाल्दा चेपिएर धनुषामा दुई बालबालिकाको मृत्यु

नेपालभ्युज

हावाहुरीले रूख ढाल्दा चेपिएर धनुषामा दुई बालबालिकाको मृत्यु

धनुषा । हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बिहीबार रातिदेखि शुरु भएको हावाहुरीले च्यापिएर २ जना बालबालिकाको मृत्यु भएको छ।

मृत्युु हुनेमा धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको रहेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए।

हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको एसपी रजौरेले जनाए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved