आज र भोलि वर्षा हुने, आइतवारदेखि मौसम खुल्दै जाने सम्भावना

नेपालभ्युज

आज र भोलि वर्षा हुने, आइतवारदेखि मौसम खुल्दै जाने सम्भावना

काठमाडौं। आज देशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। केही बेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद्हरूले बताएका छन्।्
आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाडौंमा बेलुका पानी पर्ने अनुमान गरिएको छ।

यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताए। आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ। भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ।

भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जाने अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved