एमसीसी राष्ट्रिय हितअनुकूल छ वा छैन सूक्ष्म विश्लेषण गर्नुपर्छ : पशुपतिशमशेर जबरा

नेपालभ्युज

एमसीसी राष्ट्रिय हितअनुकूल छ वा छैन सूक्ष्म विश्लेषण गर्नुपर्छ : पशुपतिशमशेर जबरा

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विदेशी सहायताका क्षेत्रमा मुलुकले र नेतृत्वले राष्ट्रिय हितअनुकूल छ वा छैन भन्ने कुराको सूक्ष्म विश्लेषण गर्न आवश्यक रहेको बताएका छन्।

उनले एमसीसी संसदमा पठाएर मात्रै पास हुने भएकोले त्यसबारे राष्ट्रको हितअनुसार काम अघि बढाउनुपर्ने बताए।

जबबराले भने, “एमसीसीलाई पनि हामीले हेर्दा, जुनै कुरालाई पनि चाहे चीनले दिएको होस्, चाहे हिन्दुस्थानले दिएको होस्, चाहे अमेरिकाले दिएको होस्, त्यो दिएको चिज राष्ट्रिय हितअनुकूल छ कि छैन, हितमा पार्ने कसरी भनेर जाँचेर गर्नुपर्छ। संसदमा नपठाई किन पास नै हुँदैन अहिलेको व्यवस्थाअनुसार। एमसीसीको प्रवन्ध अनुसार संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ। त्यसैले सरकारले आफूले पेश गर्दा यो कसरी राष्ट्रिय हितअनुकूल हुन्छ भनेर पेश गर्नुपर्छ। संसदले त्यसलाई चिरफार गरेर, विश्लेषण गरेर त्यो हो कि होइन भनेर जाँच्नुपर्छ।”

जबराले एमसीसीलाई संसदले गम्भीर अध्ययन गरेर अघि बढ्न सके देशको हित हुने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved