एमालेको लोकप्रियता रोक्न पाँचदलीय गठबन्धन बनेको हो : शंकर पोखरेल

नेपालभ्युज

एमालेको लोकप्रियता रोक्न पाँचदलीय गठबन्धन बनेको हो : शंकर पोखरेल

काठमाडौं। एमाले महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन एमालेको बढ्दो शक्ति र लोकप्रियता रोक्न बनेको बताएका छन्। उनले विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको लोकप्रियता बढेको दाबी पनि गरे छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘जनादेशको सम्मान, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशा लाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो–पाँचदलीय गठबन्धन।’

अब हुने तीनै तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने बताउँदै भने, ‘अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिने छ।’

चुनावमा जनता जनार्दन नै न्यायाधीश हुने बताएका उनको भनाइ छ, ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन्। एजेण्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेण्डाबाट नै चुनाव जित्ने हो। अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं। जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved