पाँच हजारभन्दा बढी सङ्क्रमित, आठ हजार कोरोनाबाट मुक्त

नेपालभ्युज

पाँच हजारभन्दा बढी सङ्क्रमित, आठ हजार कोरोनाबाट मुक्त

काठमाडौै । पछिल्लो २४ घण्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पिसीआर परीक्षण गरिएको थियो। निको हुने दर ९१ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार ६५३ पुगेको छ।

नौ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएकोे छ। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन्।

त्यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १५ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन्। नेपालमा सङ्क्रमण दर १८‍‍‍.३ प्रतिशत छ। हाल होम आइसोलेसनमा ७३ हजार १७८, संस्थागत आइसोलेसनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ।

करिब चार लाखले खोप लगाए
पछिल्लो २४ घण्टामा तीन लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख चार हजार ३३३ पुगेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved