थप ३२ जनाको मृत्यु, ३ हजार ५४० मा कोरोना पुष्टि

नेपालभ्युज

थप ३२ जनाको मृत्यु, ३ हजार ५४० मा कोरोना पुष्टि

काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा पछिल्लो चार दिनमा ३२ जनाको मृत्यु भएको छ। स्वास्थ तथा जनसंख्या  मन्त्रालयकी प्रवक्ता डा‍. संगीता मिश्राले १३ माघदेखि १६ माघसम्मको अवधिमा विभिन्‍न अस्पतालमा ३२ जनाको मृत्यु भएको जानकारी दिइन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ‍। एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको  मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४९ जना र एन्टिजेन परीक्षणबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, गत २४ घण्टाको अवधिमा ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved