पर्सामा प्रहरीद्वारा १६ कट्ठाको गाँजाखेती फडानी

नेपालभ्युज

पर्सामा प्रहरीद्वारा १६ कट्ठाको गाँजाखेती फडानी
फाइल तस्वीर ।

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ ओझैया प्रसौनी टोलमा सुर्ती खेतीभित्र लुकाइछिपाइ लगाइएको १६ कट्ठाको गाँजाखेती पर्सा प्रहरीको टोलीले फडानी गरेको छ।

सुर्ती खेतीभित्र प्रतिबन्धित गाँजाखेती फस्टाउँदै गएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो।

पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको टोलीले फडानी गरेको गाँजा स्थानीय सञ्चारकर्मी र समाजसेवीको रोहबरमा नष्ट गरिएको थियो।

यसैगरी एक साताअघि पर्साको जगरनाथपुर गाउँपालिका–२ मा १५ कठ्ठामा लगाइएको गाँजाखेती प्रहरी टोलीले नष्ट गरेको थियो। सुर्ती खेतीभित्र गाँजाखेती गरिएका कारण सो सुर्ती खेती कसले गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved