शिक्षामा लगानी बढ्नेगरी काम गरिरहेका छौं : श्रेष्ठ

नेपालभ्युज

शिक्षामा लगानी बढ्नेगरी काम गरिरहेका छौं : श्रेष्ठ

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानूनी व्यवस्था गर्न लागेको बताएका छन्। शनिबार सानोभर्‍याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको कार्यक्रमलाई भर्चुअल राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानून बनाउन लागेको बताए।

ती कानून बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढ्ने उनको भनाइ थियो। उनले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउने काममा सरकार लागि परेको बताए। ‘‘संघीय कानून बनिसकेपछि तीन ‌ओटा कानून बन्दैछ, एउटा स्कुल लेभलको कानून, टेक्निकल शिक्षाको कानून र उच्च शिक्षाको कानून बन्छ,” उनले भने, ‘‘त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी वातावरण अझ बढ्छ, यसमा म तपाईंहरूलाई आश्वस्त पनि गराउन चाहन्छु।’’

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्तालाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved