महोत्तरीमा कुखुरा फर्मबाट गाजा बरामद

नेपालभ्युज

महोत्तरीमा कुखुरा फर्मबाट गाजा बरामद

जनकपुरधाम । महोत्तरीमा एक कुखुरा फर्मबाट भारी परिमाणमा लागु औषध गाजा बरामद गरिएको छ। विशेष सूचनाका आधारमा बिहीबार राति नम्बर २ छिन्नमस्ता बाहिनी, बिओपी जलेश्वर तथा जलेश्वर बेसक्याम्पबाट खटिएको संयुक्त टोलीले कुखुरा फर्मबाट १६० किलो गाँजा बरामद गरेको हो।

नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी गणेश ठाडामगरले महोत्तरी गाउँपालिका– ४ रानी रतवाराको एक कुखुरा फर्मको पछाडि परालको ढिस्कोमा लुकाएर राखेको अवस्थामा १६ पोका गाँजा नियन्त्रणमा लिएको जानकारी दिए।

स्थानीय लक्ष्मी चौधरीका छोरा गणेश चौधरीले सञ्चालन गर्दै आएको फर्मको पछाडि रहेको परालको ढिस्कोबाट उक्त गाँजा नियन्त्रणमा लिइएको हो।

बाहिनीपति ठाडामगरका अनुसार बरामद भएको गाजा जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाइएको छ। यसअघि पनि सोही फर्मबाट प्रहरीले ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved