कलैया। बारा सदरमुकाम कलैयामा भारतीय गाडीको ठक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–५ बस्ने वर्ष ४० का नरेश साह र वर्ष ५५ का शीतल साह छन्।
प्रहरीले कलैया-वीरगञ्ज सडकको विजय आयल स्टोर अगाडि गत राति साढे ८ बजे भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ।
कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कोरपियो गाडीले मोटरसाइकललाई हानेको थियो। दुर्घटनामा मोटरसाइकलमा दुवै जना घाइते भएका थिए। उनीहरूलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार, नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरूलाई नेशनल मेडिकल लगिएको थियो। नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरिएको हो।
Facebook Comment
Comment