हरियो भएर बन्द भयो यो साताको शेयर बजार

नेपालभ्युज

काठमाडौं। यो साताको शेयर बजार हरियो भएर बन्द भएको छ। लगातार तीन दिन नेप्से ओरालो लागेपछि साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य वृद्धि भएको हो।

साताको अन्तिम कारोबार दिन आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा दुई दशमलव २४ अंक बढेर शुरु भएको बजार अघिल्लो दिनको तुलनामा ३ दशमलव २९ अंकले बढेर बन्द भएको छ। योसँगै परिसूचक दुई हजार ७७९ दशमलव ९८ विन्दूमा पुगेर बन्द भएको छ।

आज १३ मध्ये सात उपसमूहको शेयर बढेको छ। नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ।

अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बराबरको ६६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved