सुदूरपश्चिममा थप ५५० जनामा संक्रमण

नेपालभ्युज

सुदूरपश्चिममा थप ५५० जनामा संक्रमण

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज थप ५५० जनामा कोरोना संक्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ५४७ जनाको नमूना परीक्षण गर्दा ५५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पिसीआरमार्फत २२४ र एन्टिजेनमार्फत ३२६ जनामा पुष्टि भएको हो। पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, बैतडी अस्पतालमा ३६, डडेल्धुरा अस्पातालमा २०, कमलबजार अस्पतालमा ११ र एन्टिजेनमार्फत कञ्चनपुरका २०६, कैलालीका ५८, बाजुरामा २, दार्चुलाका १४, बझाङ्गका १५, बैतडीका ७, डडेल्धुराका ९, डोटीका १३ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै गएको २४ घण्टामा प्रदेशभर ६३ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि आइतबार यस प्रदेशमा ३८७ जनामा संक्रमण पुष्टि हुँदा ४० जना निको भएका थिए। सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved