माओवादी महासचिवका दाबेदार पुन आज स्वदेश फर्किँदै

नेपालभ्युज

माओवादी महासचिवका दाबेदार पुन आज स्वदेश फर्किँदै
फाइत तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रको महासचिव पदका दाबेदार मध्येका एक वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन्। सुरुमा थाइल्यान्ड र त्यसपछि चीनमा लामो उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य बनेको यसअघि नै जानकारी दिइसकेका छन्।

सोमवार साँझ उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको स्वकीय सचिव सन्तोष पुनले बताए।

माओवादीले माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। सोही बैठकले महासचिवसहितको पदाधिकारी चयन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved