महोत्तरीमा सिडिओ र ९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

नेपालभ्युज

महोत्तरीमा सिडिओ र ९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

जनकपुरधाम : महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल कोरोनाबाट संक्रमित भएका छन्। उनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्।

त्यसैगरी जिल्लामा ९ जना स्वास्थकर्मी कोरोनाबाट संक्रमित भएका छन्।  कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै महोत्तरीमा हेल्थ डेक्स र खोप अभियानमा खटेका स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

संक्रमित हुनेहरुमा ३ डाक्टर, ४ पारामेडिक्स र २ जना नर्स रहेका स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा‍. सतीश साहले स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको सेवामा प्रभावित भएको बताए। पहिले १० जना स्वास्थ्यकर्मी खट्ने फाँटमा अहिले ३ जनाले काम चलाउनु परेको उनले बताए ।

जलेश्वर अस्पतालमा दैनिक ४० जनाभन्दा बढीको पिसिआर जाँच हुने गरेकोमा ५० प्रतिशतभन्दा बढी रिपोर्ट पोजिटिभ आउने गरेको साहले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved