सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालभ्युज

सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ मा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा १९९ र महाकाली अस्पतालमा ५८ जना पीसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। त्यस्तै एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरका १२२, कैलाली ६०, डडेल्धुरा १२, बझाङ नौ, बाजुरा नौ, अछाम नौ, डोटी पाँच र बैतडीका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन्। यसैबीच सङ्क्रमण पुष्टि भएका ४८८ जनामध्ये भारतबाट फर्किएका १०१ जना रहेको बताइएको छ। गौरीफन्टा नाकामा ५०, गड्डाचौकी नाकामा ४६ र झुलाघाट नाकामा पाँच गरी १०१ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसअघि सोमबार यस प्रदेशमा ३४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा १२ सङ्क्रमणमुक्त भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved