२४ घण्टामै तीन गुणाले बढ्यो बालबालिकामा कोरोना संक्रमण

एक सातायता अस्पतालमा दैनिक ५/६ जना संक्रमित बालबालिका भर्ना हुने गरेको चापागाइँले बताए। ‘‘हाल अस्पतालमा करीब २० जना संक्रमित बालबालिका उपचाररत छन्। सबैलाई गम्भीर खालको कुनै पनि लक्षण देखिएको छैन्,” उनले भने।

२४ घण्टामै तीन गुणाले बढ्यो बालबालिकामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो समय देशभर कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहँदा बालबालिकाहरुको संख्यामा पनि वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै दुई गुणाभन्दा बढीले कोरोना संक्रमति बालबालिका बढेका छन्।

३ माघमा १७ हजार ४५३ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० वर्षमुनिका ४९ जनामा संक्रमण पुष्टि भएको थियो भने ४ माघमा मात्र १० वर्ष मुनिका १५९ जना बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थपिएको संख्या १५९ पछिल्लो समयमा एकैदिन थपिएको उच्च संख्या रहेको मन्त्रालयका भनाइ छ।

१ पुसमा ११ हजारमा जनाको स्वाब परीक्षण गर्दा १० वर्षमुनिका तीन जनामा संक्रमण पुष्टि भएको थियो। २ पुसमा ९ हजारमा परीक्षण गर्दा १० जना बालबालिमा संक्रमण पुष्टि भएको थियो भने १५ पुसमा तीन जनामा मात्र संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

१० जनासम्म बालबालिकामा संक्रमण पुष्टि भइरहेकोमा पुस २४ मा संक्रमति संख्या बढेर २५ जना पुग्यो। २ माघसम्म भने संक्रमति हुने बालबालिकाको संख्या ह्वात्तै बढेर ९१ पुग्यो। अहिले नेपालमा संक्रमण दर ४५ प्रतिशतमा पुगेको छ।

स्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणको उच्च जोखिममा बालबालिकाहरु रहेका कारण उनीहरुलाई लगाउन मिल्ने कोभिड विरुद्धको खोप छिटो लगाउन र अभिभावकले विशेष सावधानी अपनाउन आग्रह गर्दै आइहेको थिए।

सरकारले पनि बालबालिकाहरुलाई खोप लगाउन शुरु गरेको छ। केही जिल्लामा खोप अभियान सञ्चालन पनि भयो। तर, आठ जिल्लामा भने सिरिन्जको अभाव हुदा करीब एक साता बढी ढिलोगरि खोप लगाउनु पर्‍यो।

जनस्वास्थ्य विज्ञ डा. शरद वन्तले यसअघि नै बालकालिकाहरुलाई सक्दो चाँडो खोप लगाउन सकिएन भने संक्रमित भएर गम्भीर अवस्थामा पुग्न सक्ने बताएका थिए।

खोप र स्वास्थ्यका मापदण्ड पालनामा भएको लापरवाहीले गर्दा नै अझै धेरै बालिकालिकाहरु संक्रमणको जोखिममा रहेको उनको भनाइ छ।

के भन्छन् बालचिकित्सक ?
अहिले कान्ति बाल अस्पतालमा संक्रमित बालबालिका आउने क्रम बढ्दै गइरहेको अस्पतालमा कार्यररत बालरोग विशेषज्ञ डा. रामहरि चापागाइँले बताए।

एक सातायता अस्पतालमा दैनिक ५/६ जना संक्रमित बालबालिका भर्ना हुने गरेको चापागाइँले बताए। ‘‘हाल अस्पतालमा करीब २० जना संक्रमित बालबालिका उपचाररत छन्। सबैलाई गम्भीर खालको कुनै पनि लक्षण देखिएको छैन्,” उनले भने।

पहिले पहिलेको जस्तो निमोनिया नै भएर कोरोना संक्रमित बालबालिका अस्पतालमा यो पटक भने नआएको चापागायँले बताए। भर्ना गरिएका बालबालिकाहरु पनि २/३ दिन मै डिस्चार्ज भएको उनले जानकारी दिए।

बालबालिकामा गम्भीर खालको लक्षण नदेखिएता पनि अभिभावकले भने यो महामारीमा विशेष सावधानी अपनाउनु पर्ने चापागाइँको भनाइ छ।

‘‘संक्रमण धेरै बढ्दै छ, अभिभावकहरु चनाखो हुनु पर्छ। साना नानीबाबुले आफ्नो पीडा व्यक्त गर्न नसक्ने भएकाले उनीहरुलाई के भइरहेको छ थाहा पाउन निकै गाह्रो हुन्छ,” चापागाइँ भन्छन्, “अभिभावकले विशेष सावधानी अपाएर उाीहरुलाई के भइरहेको छ थाहा पाउँनु पर्छ।”

चापागाइँका अनुसार बच्चाको नाकबाट पानी बग्ने, खोकी लाग्ने, धेरै रुने, खाना खान नमान्ने, श्वास छिटोछिटो फेर्ने तथा ज्वरो र कमजोरी देखिएमा समयमै चिकित्सकको सल्लाह लिनुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved